IME Life New

स्वदेशी लघुवित्तको नाफा बढेसँगै अधिकांश सूचक उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले चालु आथिृक वर्षको पहिलो त्रैमासमा ३ करोड ३३ लाख रुपैयानँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ७४ प्रतिशतले बढी हो ।

२७ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा १३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको थियो । जगेडा कोषमा २० करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएको छ । यस अवधिमा लघुवित्तले ९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधित्रमा संस्थाले ७ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन मुनाफा ५ करोड २४ लाख रुपैयाँ गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३ करोड १ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप १ अर्ब १० करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । सापटी २ अर्ब ३७ करोड ३१ लाखबाट बढेर २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड १३ लाख रुपैयाँ पुगेको संस्थाले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ।

संस्थाको चालु आर्थिक वर्षको यस अवधिमा संस्थाको प्रति शेयर आम्दानी ४८ रुपैयाँ ४० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS