IME Life New

राजधानीको एटिएम नै असुरक्षित, कुलेश्वरमा एटिएम लुट्दा लुट्दै पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकका एटिएम मेशिनहरु अपराधिक समुहको निशानामा पर्न थालेका छन् । सोमबार कालिमाटी प्रहरीले एटिएम मेशिनबाट रकम चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई रंगेहात पक्राउ गरेका छन् ।

प्रहरीले काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिमएम मेशन फुटाउँदै गरेको अवस्थामा कैलाली टीकापुर घर भएका २२ बर्षिय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकको साथबाट एटिएम मेशिन फुटाउन प्रयोग हुने हतियार समेत बरामद गरेको छ । प्रहरीले एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा ति युवकलाई रंगेहात पक्राउ गरेको जनाएको हो ।

Esewa
Crest

गत साता तनहुँमा रहेको माछापुच्छ्रे बैंककै एटिएम फुटाउँदै गर्दा एक व्यक्ति पक्राउ परेका थिए । यसैबीच, राजधानी काठमाडौंमा अपराधिक घटनाहरु बृद्धि भएको छ । बैंकका एटिएम मेशिनहरुमा लुटपाट गर्ने गिरोहले निशाना बनाउन थालेका छन् । दशैं सकिएलगत्तै आपराधिक घटनाहरुमा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS