Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको विकास ऋणपत्र २०८७ (घ) नामको ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बताएको छ ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर(बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ ।

Prabhu
Crest

उक्त ऋणपत्रको बोलकबोल कार्तिक १९ गते बुधबार अपरान्ह २ बजेसम्म हुनेछ । २०७७ साल कार्तिक २० गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८७ साल कार्तिक २० गते भुक्तानी हुने जनाएको छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ छुट्याइएको सुचनामा बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS