काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले कार्तिक २७ गते पाचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।उक्त सभाका लागि बैंकले केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्त सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने आ.व २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू उपर छलफल गरि पारित गर्ने भएको छ ।