काठमाडौं । नेप्से ४ दशमलव ७२ अंकले घटेर १,६४० दशमलव ९५ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ, हाईड्रोपावर, निर्जिवन बीमा, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।
दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।शिव श्री हाईड्रोपावरको २३ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
हिमालय उर्जा विकास, नेपाल फाइनान्स र विशाल बजारको शेयरमा सर्किट लागेको छ ।सानिमा इक्विटी फण्डका इकाईधनीले ५ दशमलव ३० प्रतिशतका दरले गुमाएका छन् भने स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्