IME Life New

तीन महिनामा ९ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क संकलन, नेपाल लाइफ पहिलो, एलआईसी नेपाल पछ्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ अर्ब ४ करोड रुपैयाँ भन्दाबढि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा ९ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । नेपाल लाईफलाई पछ्याउँदै एलआईसी नेपालले एक अर्बभन्दा बढि प्रथम बीमा शुल्क संकलन गरेको छ ।

असोज महिना सम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा २ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल   लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत असोज मसान्तसम्ममा ८२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले ८२ करोड रुपैयाँँ, रिलायबल लाइफले ३७ करोड रुपैयाँ, एशियन लाइफले ४९ करोड रुपैयाँ, रिलायन्स लाइफले ३७ करोड रुपैयाँ, प्राईम लाइफले ३७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संंस्थानले ३६ करोड रुपैयाँ, सिटिजन लाइफले ३१ करोड रुपैयाँ र ज्योति लाइफले ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार मेट लाइफले २९ करोड रुपैयाँ, आइएमई लाइफले २९ करोड रुपैयाँ, गुँरास लाइफले २९ करोड रुपैयाँ, सूर्या लाइफले २८ करोड रुपैयाँ, रिलायन्स लाइफले २५ करोड रुपैयाँ, सन नेपाल लाइफले २३ करोड रुपैयाँ, सानिमा लाइफले २२ करोड रुपैयाँ, प्रभु लाइफले १३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १३ करोड रुपैयाँ प्रथम बीमाुशल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS