काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडले मंसिर ७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरू हुने जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिने जनाएको छ ।