काठमाडौं । नेपाल बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यहि अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको पहिलो तीन महिनामा वितरणयोग्य खुद नाफा १९ करोड ६४ हजार रुपैयाँ रहेको छ । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ५१ रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषको आकार १२ अर्ब ९८ करोड ५४ लाखबाट ७१ करोड १२ लाखले बढेर १३ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २७३ दशमलव ४९ रुपैयाँ छ ।