IME Life New

राष्ट्र बैंकले मुद्धती निक्षेपमा एक अर्ब २७ करोड लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको दुुई सय ७३ दिने मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।बैंकले उक्त रकम २०७७ कात्तिक २ गतेदेखि २०७८ साउन ३२ गतेसम्म २ सय ७३ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

Esewa
Crest

निक्षेप लिन चाहन ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कात्तिक १७ गते ३ः३० बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको आह्वान गरेको निक्षेपका लागि बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको र न्यूनतम पूँजीकोष कायम हुनुपर्ने जनाएको छ । निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ ।

त्यस्तै, ईच्छुक बैंक तथा कम्पनीहरुको हकमा निकटतम अघिल्लो वर्षमा नाफामा रहेको र रियलस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS