काठमाडौं । असोज मसान्तसम्ममा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ०२ पैसाले घटेर १० रुपैयाँ ९४ पैसामा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ९६ पैसा रहेको थियो ।
यस अवधिमा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ८२ लाख २६ हजार रुपैयाँले घटेर ७४ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ७५ करोड २१ लख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । फन्डले यस अवधिसम्ममा ६० वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ।
सबैभन्दा धेरै लगानी नागरिक लगानी कोषको शेयरमा छ । कोषको १५ हजार १ कित्ता सेयरमा ५ करोड १९ लाख ७८ हजार रुपैयाँ लगानी रहेको छ ।