IME Life

एलआइसीको बीमाशुल्क ३० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौ । लाईफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासमा यस बर्षको बीमाशुल्क आर्जन ३० प्रतिशतले बढाएको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब ९० करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवकोे प्रथम वित्तिय विवरण अनुसार कम्पनीमा ७ लाख २४ हजार ७१९ बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ७ लाख २० हजार ७० बीमालेख कायम रहेको थियो । त्यस्तै, चालु आवको अन्त्यसम्ममा कम्पनीले ६७ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

गत आवको सोही अवधीमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले ३ हजार ४३४ दाबी बापत उक्त रकम भुक्तानी गरको हो भने गत आवको सोही अवधीमा कम्पनीले १७ हजार ३४ सय दाबी भुक्तानी गरेको छ ।

गत आवको प्रथम त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २ करोड ५२ लाख रहेको छ ।
कम्पनीको जगेडा कोष ७० प्रतिशतले बढेर ५२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ३१ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने २७ प्रतिशतले बढेर ४६ अर्ब ४ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३ दशमलव ६६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४८ दशमलव ४५ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ३ हजार ७७२ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS