IME Life New

ज्योति लाइफ इन्स्योरेन्स र नेपाल मेडिकल एशोशिएशन बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र नेपाल मेडिकल एशोशिएशन बीच नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा सम्बन्धी सम्झैता गरेको छ ।

उक्त सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेको हो ।
उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो ।

Esewa
Crest

ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड–१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ ।

साथै अन्य योजनामा समेत सहजता प्रदान गर्नेछ । यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्ने कम्पनीले जनाएको छ।

विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफनो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने कुरा नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS