काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आश्विन २ गते, शुक्रबारबाट बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री खुल्ला गरेको हो ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्तामा लागि भने कुनै हद तोकिएको छैन ।
आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने जनाएको छ ।