IME Life New

एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष मजबुत बन्दै, बीमा कोषमा करिब १४ करोड संचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ३७ लाख रुपैयाँले बढी हो । गत वर्ष ५४ करोड ८६ लाख रुपैयाँ दुख बीमा शुल्क आर्जन गरेको थियो ।

एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले छिट्टै हकप्रद सेयर जारी गरि बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुंजी कायम गर्ने योजना बनाएको छ, भने जगेडा कोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ संचित छ ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख रुपैयाँ र बीमालेख धितो कर्जामा ९५ करोड ८६ लाख रुपैयाँ लगानी गरेर ९२ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

Esewa
Crest

कम्पनीले समीक्षा अवधिमा एक करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक करोड ५८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

हाल सम्म कायम २ लाख १९ हजार ६३९ बीमालेखबाट कम्पनीले कुल १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले तीन हजार २९१ वटा दाबीका लागि ९४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८६ दाबी वापत एक करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS