IME Life New

सानिमा लाइफ इन्स्योरेन्सको ‘सानिमा जीवन श्री’ जीवन बीमा योजनामा ७० रुपैयाँ बोनस ग्यारेन्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा बैंक सहित गैर आवासीय नेपालीहरुले प्रबर्धन गरेको सानिमा लाइफ इन्स्योरेन्सले जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उदेश्यका साथ ‘सानिमा जीवन श्री’ जीवन बीमा योजना गरेको छ ।

बीमा कम्पनीले आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट यो योजना सावजनिक गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरुको अर्थिक हितलाई ध्यान दिइ सुरुमा नै यस योजना अन्तर्गत जीवन बीमा गर्दा पूरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको र जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको जीवन बीमाको लागि अतुलनिय अवसर रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उललेख छ ।

Esewa
Crest

यस योजनामा न्यूनतम पाँच लाख बीमाङ्क रकम देखि आयश्रोतको आधारमा अधिकतम बीमाङ्क निर्धारण गरिने छ । १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्ति यस योजनामा सहभागि हुन सक्नेछन् । बीमा समाप्तीको अधिकतम उमेर ७० बर्ष निर्धारण गरिएको छ । जसमा १० वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि रहनेछ ।

यस योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ । दश देखि पाँच पाँच वर्ष अन्तरमा २५ बर्ष बीमा अवधि निर्धारण गरिएको छ भने बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ बर्ष रहेको छ ।

बीमाङ्क रकम र बोनस भुक्तानी विशेषता (७० रुपैयाँ बोनस ग्यारेन्टी)
बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमालेखेको शर्तहरुको अधिनमा रही प्रत्यक बर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले पूरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ । कम्पनीको योजना खरदि गर्ने बिमितले प्रति वर्ष ७० रुपैयाँ बोनस ग्यारेंटेड बोनस पाउने छन्

त्यस्तै बीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एक मुष्ट प्रदान गरिने सानिमा लाइफले जनाएको छ ।

सर्बसाधारणको लागि सेयर जारी गर्ने
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सानिमा लाइफ इन्स्योरेन्समा सानिमा बैङ्क तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेका छन् । चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको छ । छिटै नै कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर जारी गरेर दुई अर्ब चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS