IME Life New

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडैं । प्रभु बैंक लिमिटेडले रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं ०४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले गरे।

बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी पुर्ण केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Esewa
Crest

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS