काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा बैंकको शेयर कारोबार रोक्का गरिएको हो ।
सिटिजन्स बैंकले १००:९६ को स्वाप अनुपातमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेको हो । जस अनुसार तिनाउ मिसनको १०० कित्ता शेयर हुनेले सिटिजन्सको ९६ कित्ता शेयर पाउने छन् ।