काठमाडौं । सिभिल लघुवित्तले लिलामी मार्फत विक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि हकप्रदमा अवितरित ८९ हजार ४ सय ५० कित्ता शेयर लिलामको लागि बिक्रि खुला गरेको थियो। जस मध्ये ११ हजार ६ सय ८ कित्ता संस्थापक समुहको रहेको छ भने बाँकि ७७ हजार ८ सय ४२ कित्ता सर्वसाधारण समुहको रहेको छ ।
म्पनीले साउन २५ गतेदेखि १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एघार करोड एकचालिस लाख चौध हजार रहेको छ ।
संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ताको लागि सर्बसाधारण शेयरको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।बिक्रि प्रबन्धकमा सेन्चुरी क्यापिटल रहेको छ ।
इच्छुक लगानीकर्ताले सेन्चुरी क्यापिटलको कार्यालय कमलादी र सेन्चुरी कमर्शियल बैंकका बिराटनगर, बिरगंज, बुटवल, पोखरा, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, घोराही , बाग्लुङ र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।