काठमाडौं । आज नेप्से ७ दशमलव ४२ अंकले घटेर १,५६१ दशमलव १७ को विन्दुमा कायम भएको छ ।होटल बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् । दिनभरिमा १ सय ९५ कम्पनीको ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा सानिमा बैंकको ७ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी फाइनान्का लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै घलेम्दी हाईड्रोका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् भने वरुण हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् ।