काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ ।
संस्थाको गत माघ १० गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले पारित गरेको २४ प्रतिशत बोनस शेयर गत पुस २४ गतेबिहीबारसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा असोज २२ गतेदेखि नै जम्मा गरिएको संस्थाले जनाएको छ ।
संस्थाले हालसम्म बोनस शेयर प्राप्त नगरेका शेयरधनीहरुलाई संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी आफ्नो बोनस प्राप्त गर्न आग्रह गरेको एक सुचना जारी गर्दै बताएको छ ।