काठमाडौं । मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । मिर्मिरेले नागवेली लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरेपछि नेपाल एसबिआईलाई शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।
अब मिर्मिरेको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।