Connect IPS
IME Life

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ ।

Prabhu
Crest

बैंकका नव नियुक्त अध्यक्ष पौड्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ उनी १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए। एनएमबीमा उनले १७ वर्ष सेवा गरेका थिए।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका छन । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS