IME Life New

यूनियन लाइफ इन्स्योरेन्सले गर्यो चमत्कार ३ महिनाको बीमा शुल्क आर्जन ३९ करोड भन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्षको पहिलो त्रैमशिकमा युनियन लाईफ इन्स्योरेन्सले ३९ करोड १४ लाख (खुद) भन्दा धेरै पहिलो बीमा शुल्क आर्जन गरेको छ, कम्पनीले कुल बीमा शुल्क आर्जन भने ४२ करोड ४६ लाख ४४ हजार गरेको छ। बीमा शुल्क जीवन बीमा कम्पनीहरुको ब्यबसायको मुख्य आधार हुने हुदा कम्पनीले अन्य वित्तीय शुचकमा समेत छलांग मार्न सफल भएको छ । कम्पनीले पहिलो त्रमशिकमा ३ करोड ६७ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आफ्नो जगेडा कोषमा १२ करोड ७७ लाख जम्मा गरेको छ, भने जीवन बीमा कोष ५५ करोड ७५ लाख भन्दा माथि छ ।
युनियन लाईफ इन्स्योरेन्सको अहिले सम्म कायम बीमालेख संख्या ९१ हजार ५ सय ८८ रहेको छ, कम्पनीको महा-बिपत्ति जगेडा कोषमा १ करोड ४१ लाख जम्मा गरेको छ।

छिटो छरितो दाबी भुक्तानी
कम्पनीले संचालनको अबधि देखि अहिले सम्म २४ ओटा बीमा योजनामा दाबी भुक्तानी गरेको छ, कम्पनी संचालनको अबधि देखि अहिले सम्म २ करोड ५० लाख ३३ हजार दाबी भुक्तानी गरेको छ, कम्पनीले पछिल्लो तिन महिनामा मात्र १५ ओटा बीमालेखको १ करोड ५२ लाख भन्दा धेरै दाबी भुक्तानी गरेको छ। कम्पनीको दाबी भुक्तानी गर्नुपर्ने बाँकि दाबीहरु नरहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा देख्न सकिन्छ।

Esewa
Crest

छोटो समय उल्लेख्य प्रगति
गत आर्थिक वर्षको असोज ६ गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालन गरेको जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले छोटो समयमा नै निकै राम्रो व्यवसाय गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्ष संचालनको करिब ९ महिनाको संचालन अबधिमा ८६ करोड ५० लाख ५६ हजार प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको थियो । सोहि अबधिमा कम्पनीले ९ करोड ३५ लाख खुद मुनाफा गर्न सफल भएको थियो।

सर्वसाधारणमा शेयर निष्काशनको तयारी
दुई अर्ब १५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउन ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS