IME Life New

एनएमबी बैंकका ब्रान्च मेनेजर रञ्जितले कर्मचारीलाई कोरोना सारेपछि….

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको बैंक, वित्तीय क्षेत्र तथा बीमा कम्पनीहरुमा भयावह अवस्थाको सिर्जना गरेको छ । यसैबीच, एनएमबी बैंकको न्यूरोड ब्रान्चका म्यानेजर आफैले कर्मचारीहरुलाई कोरोना सारेको आरोप पीडित कर्मचारीहरुले लगाएका छन् । कोरोनाको कन्ट्याक ट्रेसिङमा परेको अवस्थामा बैंकका ब्रान्च म्यानेजर राजिव रञ्जितले सबै कर्मचारीहरुलाई कोरोना सारिदिन्छु भन्दै छुदै हिडेको सोही बैंकमा एक कर्मचारीले जानकारी दिए । उनले छोएका मध्ये छ जनामा कोरोना पोजेटिभ देखिएपछि उपचार भइरहेको छ भने कोरोना पुष्टि नभएका कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा घरैमा बसेका छन् । सो काण्डपछि बैंकको न्यूरोड शाखा एक साताको लागि बन्द गरिएको छ ।

दुई साता अघि एनएमबी बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरोड ब्रान्चका सबै कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा परेका थिए । एनएमबी बैंकले असोज ४ र ५ गते सबैको स्वाव परिक्षण गर्ने मिति तय भएपछि असोज २ गते ब्रान्च म्यानेजर रञ्जितले सबै कर्मचारीलाई कोरोना सारिदिन्छु भन्दै छोएको स्रोतको दावी छ । सो घट्नाको छानविन गर्न कर्मचारीहरुले माग गरेका छन् ।

Esewa
Crest

एनएमबी बैंक जावलाखेल शाखाका एक कर्मचारीले दिएको जानकारी अनुसार ब्रान्च म्यानेजर रञ्जितले कर्मचारीमाथि ज्यादति गर्ने गरेका कारण उनलाई जवलाखेल ब्रान्चका कर्मचारीहरुले लखेटेर न्यूरोड पुर्याएका थिए । दुई वर्षअघि न्यूरो गएका ति ब्रान्च म्यानेजरले महिला कर्मचारीहरुलाई राति १० बजेसम्म कार्यालयमा राखेर काम गर्न दवाव दिने, बिरामी हुँदा समेत छुट्टी नदिने तथा सिकिस्त अवस्थामा समेत कार्यालयमा आएर काम गर्न दवाव दिने जस्ता अमानवीय व्यवहार लाद्ने गर्ने गरेको पीडित कर्मचारीहरुको गुनासो छ । ति ब्रान्च म्यानेजरले राम्रो व्यापार गरेको भन्दै बैंकका उच्च तहका अधिकारीहरुले संरक्षण गर्ने गरेको आरोप पीडित कर्मचारीहरुको छ । न्यूरोड शाखामा कर्मचारीहरुमाथिको दमन सहन नसकेपछि तीन जना कर्मचारी उक्त शाखाबाट अन्यत्रै सरुवा भइसकेका छन् । सो सम्बन्धमा एनएमबी बैंकका सूचना अधिकारी तथा चिफ बिजनेश अफिसर सुदेश उपाध्याय सम्पर्कमा आउन चाहेनन् ।

पछिल्लो समय बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । एनएमबी बैंककै अन्य तीन वटा शाखा कार्यालय समेत सिल भएर भर्खरै खुल्ला गरिएको छ भने लक्ष्मी बैंकको केन्द्रीय कार्यालय पनि खुलेको छ । त्यस्तै, दुई जना बीमा कम्पनीका सिईओहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरुको अवस्था सामान्य छ । मध्यम खालका लक्षण देखिएको र घरैमा बसेर उपचार भइरहेकोछ ।

*संशोधन गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS