काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाले बीच एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको जनाएको छ ।
विजय लघुवित्तको रजिष्टर्ड कार्यालय नवलपरासी र खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेको छ ।
विजय लघुवित्त नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हो भने खप्तड लघुवित्त कम्पनीले भने हालसम्म पनि आईपीओ जारी गरेको छैन ।
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पूँजी वृद्धि गर्न भनेसँगै लघुवित्त कम्पनीहरुले एक आपसमा मर्जर तथा एक्विजिशन गर्न थालेको जनाएको छ ।