IME Life New

एलआइसी नेपालद्धारा मृतकको परिवारलाई ४१ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तिलोत्तमा। लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना कहरका बीच जीवन बमाी दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित सीता राइसमिल नजीकै यही भदौ १० गते स्कुटी दुर्घटनामा ज्यान गुमाएका शंकर कार्कीको परिवारलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको जनाएको छ ।

शनिबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक सूर्यबहादुर जिसी, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता केशवकुमार श्रेष्ठले बीमा दावी बापत ४१ लाख ५४ हजार रुपैयाँको चेक मृतकको पत्नी कृष्णकला कार्कीलाई हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।

Esewa
Crest

मृतक कार्कीले २० लाख रुपियाँको जीवन तरंग बीमा गरी पहिलो किस्ता बापत एक लाख एक हजार रुपैयाँ बुझाएका थिए ।

रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख सूर्यबहादुर जिसीले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले बीमा दावी गरेको एकसातामै रकम हस्तान्तरण गरेको बताए ।

एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको एक हप्ताभित्र एलआइसी नेपाल लि.ले सहज ढंगले मृत्यु दावी रकम हस्तान्तरण गरेकोमा कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS