काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”उपहार योजना घोषणा गरेको जनाएको छ ।
असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ ।
उक्त ६० दिनको अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन पाउने छन् ।
उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई नहुने कम्पनीले बताएको छ ।