काठमाडौं । एनएमबि क्यापिटलका व्यवस्थापनमा सञ्चालित एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ र एनएमबि ५० को प्रतिफल (नगद लाभांश) सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
योजना व्यवस्थापकको बैठकले दुबै योजनाको प्रतिफल वितरणका लागि असोज १६ गतेदेखि इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।
असोज १५ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाइधनीले मात्र गत आर्थिक वर्ष २०७६।७७ को कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल पाउनेछन् ।
फण्ड योजना व्यवस्थापकको असोज ४ गते सम्पन्न बैठकले एनएमबि हाईब्रिड फण्ड एल १ को इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) घोषणा गरेको ।
त्यस्तै, एनएमबि ५० को इकाईधनीहरुलाई ५ प्रतिशत (कर सहित) प्रतिफल घोषणा गरेको छ ।