काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भोलिअसोज १५ गते, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सीबीआईएल क्यापिटल लिमिटेडको भाद्र २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख रूपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।