काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान गरिने यस्तो कर्जाको लागि आवेदन दिने समय लम्बाएको नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै बताएको छ ।
अब असोज ३० गते, शुक्रबारसम्म आवेदन दिन किनेछ । यसअघि पुनरकर्जाको लागि आवेदन दिने समय असोज १४ गतेसम्म रहेको थियो ।
विभिन्न सरोकारवालाहरूमा कोरोना भाइरसक रोकथामका लागि विगतमा भएको लकडाउन र निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध गरेपछि म्याद थप गरिएको राष्ट्र बैंकलेबताएको छ ।