IME Life New

मौरी पाल्नु भएको छ । बीमा गर्नुहोस ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मौरी पालन व्यवसायलाई किसानहरुले व्यवसायीक रुपमा अघि बढाउदै लगेको रहेको पाईन्छ । जुन नेपालमा सफल भै रहेको पनि छ । हरेक व्यवसाय गर्दा व्यवसायीले आफनो व्यवसाय राम्रै होस् भन्ने धारणा राखेको हुन्छ । तर, कहिलेकाही विभिन्न कारण व्यवसायमा जोखिम उत्पन्न हुन सक्छ । जसलाई न्यूनिकरण गर्न बीमा आवश्यक छ । नेपालको मौरी पालन व्यवसायलाई अगाडी बढाउन बीमा समितिले मौरी बीमालेख जारी गरेको छ ।

बीमालेखले रक्षावरण गर्न जोखीमहरु
मौरी बीमा योजनाले सबै रक्षावरण गर्दैन । मौरी/घार बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको सीमासम्म वास्तविक क्षतीको ९० प्रतीशत रकमसम्म बीमीतलाई भुक्तानी गर्छ । मौरी बीमा अवधीमा आगलागी, चट्याङ भूकम्प, बाढी, भूूस्खलन आधिँबेहरी, असिना, हिँउ वा तुसारा, आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु वा चरन प्रयोजनको लागि ढुवानी गरी ल्याउदा/ लग्दा सवारी साधन दुर्घटनाको कारण, मौरी रोग÷परजिवी र प्राकृतिक शत्रुहरुको महामारी, चरनमा वा घारमा विषादी पर्न गै मौरी नष्ट भएमा मात्र रक्षावरण गर्दछ ।

Esewa
Crest

रक्षावरण नगर्ने अवस्थाहरु
मौरी बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । मौरी खेती धनी वा निजको एकाघरका परिवारका सदस्यको लापावाहीको कारणले वा जानजान मनोरञ्जनको उद्देश्यबाट वा अन्य कारण हेरचाह नगरेमा, मह उत्पादन नभएको, मौरी घार चोरी भएमा, मौरी स्थानतरण गर्दा, चरनमा लग्दा ल्याउदा, बन्द हड्ताल बाटोको समस्या वा अन्य कुनै कारणबाट ढिलाई भै मौरी घारमा क्षति भएमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाहीको कारणबाट मौरी घारमा क्षती भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । साथै मौरी धनीले प्रस्ताव फाराममा विवरण दिदाँ भुट्टा विवरण दिएमा वा जोखीम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई भुट्टा कुरा उल्लेख गरेमा बीमक दाबी प्रति उत्तरदायी हुनेछैन ।

दाबी सम्बन्धि प्रक्रिया
मौरीको बीमा गर्दा बीमकले प्रत्येक मौरी बाकसलाई सुरक्षित तथा प्रष्टसँग देखिने गरी सङकेत चिन्ह लगाउनुपर्दछ । बीमकले चाहेको जुनसुकै समयमा मौरी/घार निरक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधारीक प्रतीनिधिलाई मौरी धनीले परिक्षण गर्न दिनु पर्नेछ । मौरी धनीले मौरी/घारको क्षती/हानी–नोक्सानी भएमा सोको ३ दिनभित्र लिखित जानकारी दिनुपर्छ । बीमालेख अन्तर्गत बीमित मौरी/घार क्षति भएको कारणबाट हुने अन्य थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाईने छैन ।

विशेष व्यवस्थाहरु
मौरी बीमालेख रक्षावरण गरको जोखीमहरुका कारणबाट मौरीधनीको मौरी÷घारको हानी नोक्सानी भएमा सोको २५ दिन भित्र वा सो अवधीभित्र संभव नभएमा सोको कारणसहित संभव हुनसाथ बैकं वा सदस्य सस्था मार्फत देहायका कागजात बीमक समक्ष पेस गनुपर्दछ । जसमा सक्कल बीमालेख, पूर्ण रुपले भरीएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतीशत, सम्बन्धित गाउँपालिका, नगरपालिका, वडा कार्यलय र कम्तिमा नजिकको दुईजना छिमेकी, मौरी बीमालेख अन्तर्गत बीमकले दाबी भुक्तानी नदिएमा वा कम दिएमा सोको जानकारी प्राप्त भएको पैंतीस दिनभित्र मौरी धनीले बीमा समितीमा उजुरी दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS