काठमाडौं । सारथी र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्ज भएर आज असोज ५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
यी दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै लघुवित्तको मर्ज पश्चात् सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ।
दुवै कम्पनीको गत असार २४ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।