IME Life New

यूनियन लाइफद्धारा १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको बेसीशहर शाखा लमजुङले एक कार्यक्रमको आयोजना गरी बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी वापतको चेक रकम हस्तान्तरण गरेको छ ।कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालीकाको वडा नम्बर ८ मा कार्यक्रमको आयोजना गरी १४ लाख बराबरको मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो ।

मस्र्याङ्दी गाउँपालीका वडा नम्बर ८ बत्तिसेमुल घर भई बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहेका मृतक खुस बहादुर गुरुङको परिवारलाई मस्र्याङ्दी गाउँपालीका वडा नम्बर ८ का वडा अध्यक्ष हिरा देवी गुरुङ र क्म्पनीको बेसीशहर शाखाका शाखा प्रमुख सन्तोष श्रेष्ठले संयुक्त रुपमा सो चेक उहाँको श्रीमती सन्तमाया गुरुङलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

विगत २४ बर्ष देखि साउदी अरबको लेदर कम्पनीमा कार्यरत रहेका गुरुङको गत जेठ महिनामा मुटुको समस्याका कारण निधन भएको थियो ।चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष हिरादेवी गुरुङले कोभीड १९ का कारण विश्व नै आतंकित भएर आर्थीक समस्या उब्जीरहेको समयमा कम्पनीले सुरक्षीत तरिकाले बीमितकै घर आगँनमा आएर रकम प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा मस्र्याङ्दी गाउँपालीकाको वडा नम्बर ८ का वडा सदस्य अजिता वि.क, वडा नम्बर ८ का नेकपा वडा कमिटी अध्यक्ष कमल बहादुर गुरुङ, सिमलचौर स्वास्थ्य चौकी प्रमुख कमला हमाल हरिजन, समाजसेवी बुधराज गुरुङ, कम्पनीका कर्मचारी विन्दुमाया कुमाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS