IME Life New

यो साता हाइड्रोपावरका लगानीकर्ता मालामाल, कुन हाईड्रो कतिले बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : यो साता हाईड्रोपावरका लगानीकर्ताहरुलाई निकै राम्रो साता कायम भएको छ । यो साता केही हाइड्रोपावर कम्पनीको बजार  मूल्य ५५ प्रतिशतसम्म वृद्धि भएको छ । नेप्सेमा कारोवार भएका ३३ हाईड्रोपावर मध्य सबै हाईड्रोपावरका कम्पनीहरुले आकर्षक कमाएका छन् ।

यो साता युनियन हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ५५ प्रतिशतले वृद्धि भएको छ । गत साता ६६ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको यस कम्पनीको यस साता प्रति कित्ता १०२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ।

Esewa
Crest

त्यस्तै दोश्रोमा अरुण भ्याली हाईड्रोपावरको शेयर मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । गत साता ११९ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको यस कम्पनीको यस साता प्रति कित्ता १७८ रुपैयाँमा बजार मूल्य बन्द भएको छ ।

तर ठूला र स्थापित हाईड्रोपावर कम्पनीको भने बजार मूल्य अन्य हाइड्रोपावरको तुलनामा निकै कम प्रतिशतले वृद्धि भएको छ । बुटवल पावरको बजार मूल्य यस साता ८ प्रतिशतले मात्र वृद्धि भएको छ भने सानिमा माईको बजार मूल्य यस साता ११ प्रतिशत, चिमिलेको बजार मूल्य १२ प्रतिशत र देशकै ठूलो आयोजना माथिल्लो तामाकोशीको बजार मूल्य १४ प्रतिशतले मात्र वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS