IME Life New

बैंक अफ काठमाण्डूले ल्यायो सरल किस्ताबन्दीमा विद्युतिय उपकरण खरिद योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी घरायसी विद्युतिय उपकरण सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको जनाएको छ ।

बैंकका अनुसार योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले सीजी, एलजी, गोद्रेज, टीसीएल, सेन्सेई, ईलीका, केन्ट तथा ब्याक एण्ड डेकोर ब्राण्डको घरायसी विद्युतिय उपकरणहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले उक्त ब्रान्डहरुका घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माईक्रो वेभ, भ्याकुम क्लिनर, डिश वासार किस्तामा खरिद गर्न सक्नेछन् ।

Esewa
Crest

त्यस्तै स्ट्यालर, वाटर प्रुफिङ्ग सिस्टम, चिम्नी र किच्चेन एप्लाईन्सेस किस्तामा खरिद गर्न खरिद गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक र सीजी डिजिटलबीच भएको ब्यापारीक सम्झौता अन्तर्गत ग्राहकले कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुरको सोरुमहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बरमा सिधै सम्पर्क गर्न सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS