काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बिक्री गरिने भएको छ । बैंकले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्ने भएको हो ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २ गतेबाट कार्तिक ६ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संंस्थाले भनेको छ ।