IME Life New

समृद्धि फाइनान्स र डाक्टर अन कलबीच सम्झौता, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्नेछन् ।

यसैगरी, यस सम्झौता अन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट, नर्सिङ्ग केयरमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट, ल्याबरोटरी टेष्टमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट, डाइटिसियन सेवामा कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवामा कर्मचारी तथा संस्थापकहरूले १५ प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ।

Esewa
Crest

यसका साथै, डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा समेत निस्शुल्क उपलब्ध गराइने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS