IME Life New

निर्जिवन बीमा कम्पनी लगानी विविधिकरण गर्दै, शेयर, ऋणपत्र, कृषि र पूर्वाधारमा लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरुले लगानी विविधिकरण गर्दै बैंकको मुद्दति बाहेक शेयर, ऋणपत्र, कृषि पूर्वाधार क्षेत्रमा पनि लगानी गरेका छन्।यसअघि निर्जिवन बीमा कम्पनीहरुले लगानी कोष तथा पुँजि परिचालन बैंकको मुद्दती निक्षेपमा मात्र राख्ने गरेका थिए । गत वर्ष समितिले लगानी निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानी गर्ने बाटो खुल्ला भएको हो ।

समितिको उक्त निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र,नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचअल फण्ड र नागरिक लगानी कोष र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेका छन् ।

Esewa
Crest
Source : Beema Samiti

बीमा समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा ३४ अर्ब ८९ करोड रुपैयाँ र अन्य क्षेत्रमा गरेको लगानी मार्फत १० अर्ब १० करोड गरि कुल ४४ अर्ब ९९ करोड रुपैयाँ माथि लगानी गरेका छन् ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा क वर्गका बैंक, ख वर्गको बैंक र ग वर्गका बैंकहरुमा ३४ अर्ब ८९ करोड करोड रुपैयाँ मुद्दती निक्षेपमा रकम संकलन गरेका छन् ।

तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले क वर्गका बैंकहरुमार्फत २९ अर्ब २८ करोड रुपैयाँ, ख वर्गका बैंकहरुमा ४ अर्ब ८५ करोड रुपैयाँ, ग वर्गका बैंकहरुमा ७५ करोड ४५ लाख रुपैयाँ गरि कुल ३४ करोड ३४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ मुद्यती निक्षेपमा लगानी गरेका छन् ।

Source : Beema Samiti

त्यस्तै, मुद्दती निक्षेप बाहेक निर्जिवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, अन्य लगानी, सूचीकृत पब्लिक डिभेन्चरमा धेरै लगानी गरेका छन्।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २ अर्ब ८५ करोड रुपैयाँ, अन्य लगानीमा २ अर्ब ४० करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा २ अर्ब २ करोड रुपैयाँ र सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १ अर्ब ८२ करोड रुपैयाँ, लगानी गरेका छन् ।

त्यस्तैगरी, म्युचअल फण्ड र नागरिक लगानी कोषमा ४१ करोड ५९ लाख रुपैयाँ नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३३ करोड ८८ लाख रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा २२ करोड ७ लाख रुपैयाँ, नेपाल पूर्वधार बैंकको मुद्यती निक्षेपमा २ करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS