काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भोलि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले र एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।