Connect IPS
IME Life

बीमक संघको बैठक सम्पन्न, कोरोना बीमा सरलीकृत गर्ने, अन्योलता हटाउने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको बैठक केहीबेर अघि सम्पन्न भएको छ । कोरोना बीमा पोलिसीका विषयमा उत्पन्न विवादको विषयमा बैठक केन्द्रित भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

संघका अध्यक्ष दीप प्रकाश पाण्डेको अध्यक्षतामा आज बसेको पूर्ण बैठकमा कोरोना बीमा सम्बन्धी लामो छलफल भएको थियो । सो छलफलमा कोरोना बीमा पोलिसीमाथि उत्पन्न अन्योलता हटाउने, कोरोना बीमाको दावी भुक्तानी सरल बनाएर बीमाप्रति जनताको विश्वास टुट्न नदिने, दावी भुक्तानी छिटो र छरितो बनाउन सबै सदस्यहरु सहमत भएका छन् ।

Prabhu
Crest

आज बसेको बैठकको भाव अनुसार बीमा समितिको कार्यदलको बैठकमा सहभागी हुने सदस्यले आफ्ना धारणाहरु राख्नेछन् । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्ने सम्बन्धमा गठन गरेको कार्यदलमा नेपाल बीमक संघका एक जना प्रतिनिधि सहभागी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS