काठमाडौं । नेपाल एग्रो लघुवित्त चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
संस्थाले कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरि १० जिल्लामा २६ वटा शाखा कार्यालयहरु संचालनगरि १९ हजार ७ सयसदस्यहरुको घर परिवारमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका नि। प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले त्तीय संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंक, नियमननिकाय, कर्मचारी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।