काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा आज दुई वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आज नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।
नेप्सेको अनुसार सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर सूचिकृत भएको हो भने सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।