काठमाडौं । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड् फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको छ । यी योजनाले नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म शेयर कायम गर्नु परेको हो ।
नबिल इक्विटी फण्डले इकाईधनीलाई ६ प्रतिशत नगद लाभांश र नबिल ब्यालेन्सड् फण्ड २ ले ९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।