IME Life New

सिवाईसी नेपाल र शालीग्राम लघुवित्तबीच मर्जर सम्झौता, ४ महिना भित्र एकिकृत कारोवार थाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सहमती गरेको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विीजीशन) गर्ने भएको हो ।

सिवाईसीले शालीग्रामलाई प्राप्ती (एक्विीजीशन) गर्ने सम्वन्धि समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रिय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न÷गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ चौथो संशोधन २०७५० को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा आजको मितिले ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था राख्ने उल्लेख छ ।

हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । प्राप्ती पश्चात एकिकृत संस्थाको संस्थापक सेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पूँजीको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रिको लागि निष्कासन गरेपश्चात चुक्ता पूँजी १२ करोड ५१ लाख कायम हुनेछ ।

समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै संस्थाका अध्यक्ष पद्मनाथ शर्माले प्राप्ती पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राखे ।

कार्यक्रममा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले स–साना संस्थाहरु धैरै बनाउने भन्दा पनि एउटा ठुलो संस्था बनाएर सदस्यहरुलाई कसरी वढि भन्दा वढि सुविधा दिन सकीन्छ भन्न दिशातर्फ जानुपर्ने बताए । पछिल्लो समयमा लघुवित्त संस्थाहरु नाफामा मात्र केन्द्रित हुँदा लघुवित्त कार्यक्रमको मुल मर्मबाटै संस्थाहरु विचल्लीत भईरहेको समेत बताए ।

कार्यक्रममा शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि प्राप्तीका समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गरे ।

कार्यक्रममा शालिग्रामका सञ्चालक सन्तोष रावल, भ्रच्योल माध्यमबाट सिवाईसीका सञ्चालक डोलीन्द्र प्रसाद शर्मा तथा शालीग्रामका सञ्चालक ज्ञानेन्द्र सुवेदी र अर्जुन थापाले आफ्ना भनाई राखे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS