काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २० औं शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा बिस्तार गरेको छ ।
संस्थाका गण्डकी प्रदेशका क्षेत्रिय प्रबन्धक विज्ञान गौतमको समुपस्थितिमा पोखरा – ९, न्यूरोडमा २० औं शाखा कार्यालयको सुरुवात पछि संस्थाको २० वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएको छ ।
प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेकोमा हाल पोखरामा विस्तार भएको हो ।
उक्त वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु। ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु। ३ अर्ब ७९ करोड प्रवाह भएको छ ।