IME Life New

एभरेष्ट बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री सी.डी.एल. सँग सहकार्य गरेको छ ।

हाल कोभिड १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

Crest

बैंक र सी.डी.एल बीचको सहकार्य, बैंकका नायब ( महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड(१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप बीएल टच २४० प्रयोग गरेर पनि कोभिड १९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंकमा हालसम्म ११ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेका आफ्ना ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटीए सहित बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS