Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्समा बाख्रा बीमा गरेका किसानले छ महिनासम्म दावी भुक्तानी पाएनन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले जारी गरेको दावी भुक्तानी मार्गदर्शन २०७६ उल्लंघन हुने गरी सानिमा जनरल इन्स्योरेन्सले विराटनगरको एक बाख्रा फर्मलाई दावी भुक्तानी गर्न ढिलाई गरेको पीडितले गुनासो गरेका छन् । बीमा समितिले जारी गरेको मार्ग निर्देशनमा निर्जिवन बीमा दावी भुक्तानी सामान्यतया ३६ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । तर, सानिमा जनरल इन्स्योरेन्सले घट्नाको छ महिनासम्म, सम्पूर्ण कागजात पेश गरेको तीन महिनादेखि र दावी भुक्तानी दिने निर्णय गरेको १५ दिनसम्म पनि बीमितको खातामा जम्मा नगरेको नविनतम कृषि फार्म प्रालिका सञ्चालक विष्णु कट्टेलले दावी गरेका छन् ।

बिराटनगरमा रहेको नविनतम कृषि फर्म प्रालिमा २०७६ साल चैत्र १२ गते मरेका तीन वटा बाख्राको दावी भुक्तानी घटनाको छ महिना पुग्न लाग्दा समेत नभएको हो । यता, कम्पनीले भने दावी भुक्तानीको प्रक्रियामा रहेको जनाएको छ । कम्पनीका दावी भुक्तानी विभागकी प्रमुख पुनम भट्टराईले १५ दिनअघि भुक्तानी दिने निर्णय भइसकेको जनाए पनि यो समाचार तयार पार्दासम्म बीमितले दावी भुक्तानी पाएका छैनन् ।
बाख्रा बिरामी भएदेखि नै सानिमा जनरल इन्स्योरेन्स बीमा कम्पनीमा खवर गरेको र मरे लगत्तै आवश्यक सबै प्रक्रिया पूरा गरी दावी भुक्तानी माग गर्दा समेत ‘आज हुन्छ, भोलि हुन्छ’ भन्दै नदिएको गुनासो सञ्चालक कट्टेलले गरेका छन् । सञ्चालक कट्टेलले भने, ‘उहिले बाख्राको मूल्य मिलेन भनेर अल्झाए अहिले लकडाउन भनेर अल्झाउँदैछन् ।’ बीमा दावी भुक्तानीमा भएको ढिलाईले आफूलाई मानसिक र आर्थिक क्षति भएको समेत दावी गरेका छन् ।

Prabhu
Crest

बाख्रा फर्मका सञ्चालक विष्णु कट्टेलले २५० वटा बाख्रा मध्ये ५४ वटा बाख्राको बीमा १० अक्टोवर २०१९ मा सानिमा जनरल इन्स्योरेन्समा गरेका थिए ।

यसैबीच, सानिमा जनरल इन्स्योरेन्स विराटनगर शाखाले बीमितले कागजात ढिला अर्थात जेठ र असारको पहिलो साता मात्रै बुझाएको,  लकडाउनका कारण कागजात कुरियरमा समय लागेको, विराटनगरमा पुनः लकडाउन सुरु भएकोले डिस्चार्ज भौचर समयमा फिर्ता गर्न समय लागेको जानकारी जनाएको छ । सो बाहेक बीमितको खाता रहेको तत्कालिन गण्डकी विकास बैंक, मेगा बैंकमा मर्ज हुँदा खाता नम्वर परिवर्तन भएकोले कारणले समेत केही ढिलाई भएको देखिएको छ ।
उल्लेखित कारण बाहेक सानिमा जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय समेत कोरोना प्रभावका कारण एक साता बन्द भएका कारण थप ढिलाई भएको देखिएको छ ।*

 

*अपेडट गरिएको

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS