IME Life New

बीमालेख धितोमा प्रवाह भएको कर्जा ४३ अर्ब नाघ्यो, कुन कम्पनीबाट कति लिए ऋण ? (तथ्याङ्क सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असार मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ४३ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको चौथौ त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेका हुन् । बीमालेख धितोमा कर्जा प्रवाह गत वर्षको तुलनामा बढेको छ । गत वर्ष ३५ अर्बभन्दा कम रहेको बीमालेख धितोमा कर्जा ९ अर्बभन्दा बढिले बृद्धि भई साढे ४३ अर्ब नाघेको हो ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स  कम्पनीले गत आर्थिक बर्षको असार मसान्त सम्ममा १७ अर्ब ७ करोड रुपैयाँ बीमा लेख धितोमा कर्जा प्रवाह गरेको छ ।

Esewa
Crest

त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले १३ अर्ब ४ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ४ अर्ब ८८ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी, एशियन लाइफले २ अर्ब ४५ करोड रुपैयाँ र प्राइम लाइफले १ अर्ब १८ करोड रुपैंयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, मेट लाइफले ९९ करोड ३४ लाख रुपैयाँ, सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले ८६ करोड रुपैयाँ, युनियन लाइफले ७८ करोड ९३ लाख रुपैयाँ, सूर्या लाइफले ७४ करोड ९५ लाख रुपैयाँ, गुराँस लाइफले ५१ करोड ६२ लाख रुपैयाँ, र ज्योति लाइफले २१ करोड ७० लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ ।

सन नेपाल लाइफले १४ करोड ४३ लाख रुपैयाँ, आइएमई लाइफले १४ करोड २८ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १३ करोड ७० करोड रुपैयाँ, सिटिजन लाइफले ११ करोड ४३ लाख रुपैयाँ रिलायन्स लाइफले ११ करोड ४२ लाख रुपैयाँ, प्रभु लाइफले ४ करोड ७३ लाख रुपैयाँ, सानिमा लाइफले ३ करोड ३७ लाख रुपैयाँ र रिलायबल लाइफले १ करोड १२ लाख रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

बीमालेख धितो कर्जा

बीमालेख धितो कर्जा भनेको बीमितहरुले आफ्नो निक्षेप पुर्जा (बीमालेख) धितो राखी बीमा कम्पनीबाट लिने ऋण हो । बीमालेख आफ्नो भविष्य सुरक्षित पार्ने बचत भएकोले बीचमा कुनै अप्ठेरो, गाह्रो पर्दा ऋण समेत लिन पाइन्छ । बीमा कम्पनीहरुले बीमितहरुलाई सजिलै उनीहरुको बीमालेख धितो राखे बापत्त कर्जा प्रदान गर्दछ । यसको लागि बीमितले कम्तिमा पनि दुई ओटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिदाँ बीमितले बीमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन ।

कर्जा लिने प्रक्रिया

कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार बीमालेख धितो बापत कर्जा लगानी गर्दै आइरहेका छन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार फरक फरक हुने गर्दछ ।
साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमितहरुले बीमा कम्पनीमा भुक्तानी गरेको रकमको आधारमा गर्दछन् । बीमा समितिले तोकेको नियम अनुसार बीमितले भुक्तानी गरेको रकमको सर्मपण मूल्याङकन गरिन्छ । सोही मूल्याङकन पछिको रकमको अधिकत्तम ९० प्रतिशतसम्म कम्पनीहरुबाट कर्जा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS