Connect IPS
IME Life

सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंकको लिलामी aसेयरमा आवेदन दिने समय थप भएको छ । निषेधाज्ञा लगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीको भनाई छ । यसअघि भदौ ८ गते सोमबारसम्म म्याद तोकिएको थियो । अब थपिएले भदौ २३ गतेसम्म भर्न पाइनेछ । बैंकले साउन ३० गतेबाट सोमबार ९भदौ ८ गतेसम्म संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।

यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही न्यूनतम वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि संस्थापक सेयरधनीका लागि खुला गर्दा आवेदन नपरेपछि बैंकले सर्वसाधरण लगानीकर्तालाई समेत यो सेयर बिक्रीमा ल्याएको हो ।

Prabhu
Crest

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट पनि आवेदन दिन सकिनेछ । बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर अहिलले लिलामी बिक्री खुला गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS