IME Life New

सनराइज बैंकमा महिलाले घरै बसेर बैंक खाता खोल्न सक्ने, साथमा बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजनाका साथ सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ ।

महिलाको पर्व हरितालिका तीजको विशेष अवसर पारेर हिजो सुरुवात गरेको उक्त खाता योजनामा शुन्य मौज्दातमा घरैबाट अनलाईनको माध्यमबाट खाता खोल्न सकिने बैंकले जनाएको छ । नारी बचत खातामा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।

Esewa
Crest

साथै सो नयाँ योजनामा महिलाहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे जनाएको छ । घरै बसेर खाता खोल्न सकिने उक्त खाता योजनामा स्वास्थ्य बीमाको सुविधा समेत भएको सनराईज बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS